नेपाल सरकारद्वारा अब ई–कमर्स (E-commerce) वा अनलाइन व्यवसाय सञ्चालन गर्न अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था साउन २०८२ बाट लागू हुँदैछ। अनलाइन प्लेटफर्ममार्फत सेवा वा वस्तु बिक्री गर्ने सबै व्यवसाय यो नियमको दायरामा पर्छन्।
📝 कसरी दर्ता गर्ने?
दर्ता प्रक्रिया अब सजिलो छ — तपाईंलाई आवश्यक कागजातहरू तयार पार्नुहोस् र अनलाइन वा प्रत्यक्ष रुपमा दर्ता गराउन सक्नुहुन्छ।
विद्युतीय व्यापार पोर्टलमा सुचिकरण हुन आवश्यक पर्ने कागजातहरू
- व्यवसायको नाम ठेगाना दर्ता भएको निकाय दर्ता प्रमाणपत्र नम्बर
- प्राइभेट फर्ममा दर्ता भएको फर्मको व्यवसायीको हकमा सम्बन्धित प्रोप्राइटरको साझेदारी फर्ममा दर्ता भएको व्यवसायीको हकमा साझेदारको
- कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण
- व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण
- मूल्य अभिवृद्धि कर नम्बर वा स्थायी लेखा नम्बर
- व्यवसायीको टेलिफोन नम्वर, ईमेल सामाजिक सञ्जालको ठेगाना (लिङ्ग) र सम्पर्क ठेगाना
- शाखा वा आउटलेट भएको खण्डमा सोको सङ्ख्या र रहने स्थान
- विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण

